Categories समाचार

गल्ती स्विकार्न नचाहेका महेश बस्नेतको भनाइः ‘गलत नियतले प्रचार गरियो’

Advertisement

वीरगंज । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाहले ‘म मधेशको छौरा´ भनेको अभिव्यक्तिसम्बन्धी आफूले उठाएको प्रश्नलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको आरोप लगाएका छन्। आफ्नो अभिव्यक्तिप्रति उठेको आलोचनाबीच बस्नेतले गल्ती स्विकार्नुको सट्टा अरूले विषयलाई गलत ढंगले व्याख्या गरेर ढाकछोप गर्न खोजेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत् स्पस्टिकरण दिँदै बस्नेतले आफू मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति रहेको दाबी गरेका छन्। उनले मैथिली भाषामा उक्त भनाइको अर्थ के लाग्छ भनेर मात्र सोधेको तर त्यसलाई नबोलेका विषयसँग जोडेर गलत प्रचार गरिएको जिकिर गरे।

Advertisement

“मैले नबोलेका विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु,” उनले भनेका छन्, “कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु।”

Advertisement

यद्यपि, बस्नेतले आफ्नो अभिव्यक्तिबाट कसैलाई अनजानमा चोट पुगेको भए क्षमायाचना गर्ने उल्लेख गरे पनि, मूल विवादप्रति आत्मआलोचना वा स्पष्ट गल्ती स्वीकार नगरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना जारी छ। कतिपयले यसलाई विवादबाट पन्छिन गरिएको ‘ढाकछोप’को प्रयासका रूपमा व्याख्या गरेका छन्।

बालेन शाहको अभिव्यक्तिलाई लिएर सुरु भएको यो विवादले पछिल्लो समय भाषा, पहिचान र मधेशप्रतिको दृष्टिकोणबारे नयाँ बहस जन्माएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *