Categories समाचार

युवा उम्मेदवार रूपेश पाण्डेप्रति पर्सा–३ मा बढ्दो जनविश्वास

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको चुनावी अभियानले नयाँ रफ्तार लिएको छ। चुनाव नजिकिँदै जाँदा उनीले थालेको घरदैलो अभियानले गाउँ टोलमा उत्साह थपेको छ भने जनसमर्थन पनि क्रमशः सुदृढ हुँदै गएको उनका समर्थक बताउँछन् ।

घरदैलोका क्रममा पाण्डे मतदातासँग आमनेसामने संवादमा जुटिरहेका छन्। क्षेत्रका समस्या, आवश्यकता र सम्भावनाबारे खुलेर छलफल गर्दै उनले विकासका आफ्ना योजनाहरू प्रस्तुत गरिरहेका छन्। विशेषतः रोजगारी, उद्यमशीलता, आधुनिक पूर्वाधार र परिवर्तनमुखी सोचलाई प्राथमिकता दिएकै कारण युवापुस्तामा उनको उम्मेदवारीप्रति आकर्षण बढेको छ। त्यस्तै, बृद्ध तथा अभिभावक वर्गले इमानदार नेतृत्व र स्थायित्वको अपेक्षासहित पाण्डेलाई भरोसा र शुभेच्छा दिइरहेका छन्।

Advertisement

पर्सा–३ लाई कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यसहित अघि बढेका पाण्डेले स्थानीयस्तरमै रोजगारी सिर्जना गरेर युवालाई विदेशिन बाध्य हुन नपर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन्। वीरगञ्जमा केन्द्रित विकासलाई गाउँ बस्तीसम्म विस्तार गर्ने उनको योजनाले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। स्वच्छ राजनीति, पारदर्शिता र जनउत्तरदायी प्रतिनिधित्व नै आफ्नो मूल आधार भएको उनी बताउँछन्।

Advertisement

वर्तमान राजनीतिक माहोल हेर्दा उनीप्रति बढ्दो जनविश्वास, संगठित पार्टी संरचना र सक्रिय तथा युवामैत्री नेतृत्व शैलीका कारण पर्सा–३ मा एमालेको अवस्था थप बलियो बन्दै गएको संकेत देखिन्छ। “यो निर्वाचन केवल जित हारको विषय होइन, नयाँ सोच र ऊर्जावान नेतृत्व रोज्ने अवसर हो,” स्थानीय मतदाताहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *