Categories समाचार

महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी, उम्मेदवारी खारेजीको माग

Advertisement

काठमाडौँ । जेनजी अभियानकर्ता अधिवक्ता अनिल कुमार साह र युवराज मुखियालगायतका युवाहरूले नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गराएका छन्।

उनीहरूले मधेसी समुदायमाथि घृणास्पद तथा विभेदकारी अभिव्यक्ति दिएको भन्दै बस्नेतको उम्मेदवारी खारेजीको माग गरेका हुन्। यस सम्बन्धमा उनीहरूले निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीज्यूलाई भेटेर लिखित उजुरी बुझाएका छन्।

Advertisement

उजुरीमा निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक अभिव्यक्ति दिई सामाजिक सद्भाव भङ्ग गर्न खोजिएको उल्लेख गर्दै त्यस्ता कार्यप्रति निर्वाचन आयोगले कडा कदम चाल्नुपर्ने माग गरिएको छ।

Advertisement

यस विषयमा निर्वाचन आयोगले आवश्यक अध्ययन तथा छानबिनपछि निर्णय लिने जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *