Categories समाचार

वीरगन्ज कपडा बैंकद्वारा कालिकामाइ–४ मा निःशुल्क कम्बल वितरण

Advertisement

वीरगन्ज । वीरगन्ज कपडा बैंकले पर्साको कालिकामाइ गाउँपालिका–४ स्थित परशुरामपुर बलुवा टोलका दलित तथा एकल महिलालाई निःशुल्क कम्बल वितरण गरेको छ। समाजसेवी नवराज भट्टराईका अनुसार २० थान कम्बल वितरण गरिएको हो, जसको सहयोग बैंकका सल्लाहकार समाजसेवी राजेश बर्णवालले उपलब्ध गराएका हुन्।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष संजय कुमार साहले दिनदुःखी, असहाय र विपन्नको सेवा नै सर्वोत्तम धर्म भएको उल्लेख गर्दै मानवताको मर्मअनुसार सबैलाई सहयोग गर्न आग्रह गरे। उनले वीरगन्ज कपडा बैंकको मानवीय सेवाको खुलेर प्रशंसा गरे।

Advertisement

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी सिकन्दर देवान, बैंकका सदस्य केदार गुप्ता लगायत स्थानीय युवा, महिला तथा अग्रजहरूको सहभागिता रहेको थियो। अध्यक्ष सिंहले विगत सात वर्षदेखि कपडा बैंकले असहायहरूको सेवा गर्दै आएको उल्लेख गर्दै सहयोगदाता, शुभेच्छुक तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *