Categories खेलकुद

चौथो केडिया मेमोरियल फुटबलको उपाधि मुनलाइट सेकेन्डरीलाई

Advertisement

वीरगञ्ज । डी.ए.भी. आर.बी. केडिया विद्यालयद्वारा सञ्चालित श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत फाइनल चरणको खेल आज सम्पन्न भएको छ ।

आज सम्पन्न फाइनल खेलमा मुनलाइट सेकेन्डरी स्कुल ले लिटल फ्लावर स्कुल लाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। प्रतिस्पर्धात्मक खेलमा मुनलाइट स्कुलका सुरेश मुखिया ले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच को उपाधि प्राप्त गरे।

Advertisement

प्रतियोगितामा विभिन्न विधातर्फ उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको छ। उत्कृष्ट गोलरक्षक तर्फ मुनलाइट स्कुलका राहुल पटेल, उत्कृष्ट डिफेन्डर तर्फ रौनक चौधरी, उत्कृष्ट मिडफिल्डर तर्फ लिटल फ्लावर स्कुलका दीपक यादव र उत्कृष्ट स्ट्राइकर तर्फ सागर साह चयन भएका छन्।

Advertisement

यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मुनलाइट स्कुलका अबुलेश गद्दी म्यान अफ द टुर्नामेन्ट घोषित भए। क्याम्ब्रिज एकेडेमी, रक्सौल ले फेयर प्ले टिम को उपाधि प्राप्त गरेको छ।

विजेता मुनलाइट सेकेन्डरी स्कुललाई १५ हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता लिटल फ्लावर स्कुललाई १० हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका कर्नेल लोकेन्द्र कार्की रहेका थिए भने कार्यक्रमको सभापतित्व सुनील केडिया ले गरेका थिए। विद्यालयका प्रधानाध्यापक राकेश मिश्र ले प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिए।

कार्यक्रमका क्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *