Categories समाचार

प्रसौनी–४ खुट्वा जब्दी चण्डी माइ मैदानमा कुस्ती दंगल सम्पन्न

Advertisement

वीरगंज । प्रसौनी गाउँपालिका–४ खुट्वा जब्दीस्थित चण्डी माइको मैदानमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि बसन्त पञ्चमीको अन्तिम दिन परम्परागत कुस्ती दंगल भव्य रूपमा सम्पन्न भएको छ। मेलाको अवसरमा आयोजित दंगलमा स्थानीय कुस्तीबाजसँगै छिमेकी देश भारतबाट आएका कुस्तीबाजहरूको समेत सहभागिता रहेको थियो।

दंगल प्रतियोगिता सुरु हुनुअघि कुस्तीबाजहरूले अखडामा प्रवेश गर्नुअघि हनुमानजीको ध्वजाको विधिवत् पूजाआजा गरेका थिए। त्यसपछि गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालले रिबन काट्दै दंगल प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो।

Advertisement

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष जैसवालले कुस्तीलाई शरीर र स्वास्थ्यका लागि अत्यन्त लाभदायक खेलको रूपमा उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कुस्ती अनुशासन, आत्मविश्वास र शारीरिक तन्दुरुस्तीको खेल हो। स्थानीय कुस्तीबाजहरूले आफ्नो सीपमार्फत देश र ठाउँको नाम उजागर गर्नुपर्छ। प्रसौनी गाउँपालिकाअन्तर्गत कुस्ती खेलको विकासका लागि आवश्यक सहयोग गर्न म तयार छु, पालिकामा कुस्तीबाजहरू सधैँ स्वागतयोग्य छन्।”

Advertisement

कार्यक्रममा वडा नम्बर–४ का वडा अध्यक्ष याकुब अन्सारी, सशस्त्र प्रहरीका पूर्व डीएसपी राजेश्वर साह तेली, युवा नेता सुमित साह, सुनिल पाललगायत स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दंगल हेर्न हजारौँ दर्शकको सहभागिता रहँदा मेलाको माहोल थप उत्साहपूर्ण बनेको थियो।

स्थानीय तहको सक्रियता र जनसहभागिताले कुस्ती जस्ता परम्परागत खेलहरूको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *