Categories राजनीति

पर्सामा बदलिँदो चुनावी समीकरण, पाण्डेको दाबीले बढायो एमालेको आत्मविश्वास

Advertisement

वीरगंज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा जिल्लामा नेकपा एमालेको चुनावी गतिविधि तीव्र बन्दै गएको छ। विशेषगरी युवा उम्मेदवारहरूको सक्रियता, संगठनात्मक एकता र जनतामा बढ्दो भरोसाले एमाले पक्षमा चुनावी माहोल तयार भइरहेको संकेत देखिन थालेको छ।

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार कम्तीमा पाँच हजार मतान्तरले विजयी हुने दाबी गर्नु सामान्य राजनीतिक अभिव्यक्ति मात्र नभई बदलिँदो चुनावी मनोविज्ञानको संकेत भएको टिप्पणी गर्न थालिएको छ।

Advertisement

मधेस प्रदेश कमिटीद्वारा जनकपुरमा आयोजित प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूको शुभकामना तथा परिचयात्मक कार्यक्रममा बोल्दै पाण्डेले पर्सामा एमालेप्रति देखिएको जनलहरको आधार संगठनको मजबुती र कार्यकर्ताको एकतालाई बताए। उनका अनुसार घरदैलो अभियानमा जनताबाट प्राप्त प्रतिक्रिया अघिल्ला चुनावभन्दा फरक र सकारात्मक देखिएको छ।

Advertisement

पाण्डेले पर्सा–३ लाई विकास र समृद्धिको नमुना क्षेत्र बनाउने लक्ष्यसहित शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार जनता अब दीर्घकालीन योजना र स्थायित्व खोजिरहेका छन्।

“विगतका अधुरा विकास, बेरोजगारी र राजनीतिक अस्थिरताले जनता थाकिसकेका छन्,” उनले भने, “अब नाराभन्दा नतिजा दिने नेतृत्व चाहिएको छ।”

स्थानीय तहमा युवा, महिला र अभिभावक वर्गको बढ्दो सहभागिता तथा समर्थनले एमालेको स्थिति बलियो बन्दै गएको विश्लेषण गरिएको छ। पर्सा–३ मा पाण्डेको निरन्तर उपस्थिती, संवादमुखी अभियान र युवामैत्री एजेन्डाले चुनावी प्रतिस्पर्धामा एमालेलाई मनोवैज्ञानिक बढत दिलाएको देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार पर्सामा देखिएको यो आत्मविश्वास केवल दाबीमा सीमित रहन्छ कि वास्तविक मतपरिणाममा बदलिन्छ, त्यो भने मतदानको दिनले मात्र तय गर्नेछ। तर एमालेभित्र देखिएको एकता र उत्साहले पर्साको चुनावी समीकरण चासोको केन्द्र बनेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *