वीरगंज । भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा वीरगंजस्थित महावाणिज्य दूतावासमा आयोजित विशेष कार्यक्रममा ब्राइट पब्लिक स्कुलका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका छन्।
वीरगंज महानगरपालिका वडा नम्बर ९ मा अवस्थित ब्राइट पब्लिक स्कुलका विद्यार्थीहरूले देशप्रेम झल्किने नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। सेनाको देशप्रतिको भूमिका, जिम्मेवारी र लगनशीलतालाई कराते कलासँग समिश्रण गरी तयार गरिएको उक्त प्रस्तुतीले प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित सबैको मन लोभ्याएको थियो।
कार्यक्रमपछि विद्यालयका संस्थापक मुकेश गुप्ताले विद्यार्थीहरूको प्रस्तुतिप्रति गर्व व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले बालबालिकामा अनुशासन, देशप्रेम र आत्मविश्वास विकास हुने बताए। उनले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने उल्लेख गर्दै सह पाठ्यक्रम गतिविधिमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए।
उक्त कार्यक्रममा ब्राइट पब्लिक स्कुलका विद्यार्थीहरूको सशक्त प्रस्तुतीले विद्यालयको शैक्षिक तथा सांस्कृतिक पहिचानलाई थप उचाइ दिएको सहभागीहरूको भनाइ रहेको थियो।






