Categories समाचार

मधेश साहित्य महोत्सव २०२६ आजदेखि वीरगञ्जमा सुरु हुँदै

वीरगञ्ज । मधेश र समग्र नेपालको विविध भाषा, साहित्य र संस्कृतिलाई एकै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको मधेश साहित्य महोत्सव २०२६ आजदेखि वीरगञ्जमा सुरु हुँदैछ। उत्कर्ष नेपालद्वारा आयोजित तीनदिने महोत्सव वीरगञ्जस्थित मधेश विश्वविद्यालय परिसरमा माघ १५, १६ र १७ गतेसम्म सञ्चालन हुनेछ।

महोत्सवको उद्घाटन सत्रमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव प्रमुख अतिथि रहनेछन् भने वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख तथा महोत्सवका संरक्षक राजेशमान सिंहको अध्यक्षता रहनेछ। पहिलो दिन गाउँ, स्मृति, लोकतन्त्र, इतिहास र युवाका विषयमा केन्द्रित बहससँगै सांस्कृतिक प्रस्तुति समावेश गरिएको छ।

Advertisement

दोस्रो दिन शिक्षा, स्वास्थ्य, विकास र सञ्चारसम्बन्धी सत्रहरू, बहुभाषिक कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन्। तेस्रो दिन काव्यशाला, साहित्यिक सत्र तथा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णको प्रमुख आतिथ्यमा समापन समारोह हुनेछ।

Advertisement

आयोजक उत्कर्ष नेपालले साहित्यप्रेमी, युवा, कलाकार, सञ्चारकर्मी तथा नागरिक समाजलाई महोत्सवमा सहभागी भई मधेशको साझा कथा र संस्कृतिको उत्सव मनाउन आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *