Categories समाचार

मधेश साहित्य महोत्सवको दोस्रो दिन आज, शिक्षा र गाउँका मुद्दामा बहस हुँदै

Advertisement

वीरगञ्ज । हिजो बिहीबारदेखि वीरगञ्जस्थित मधेश विश्वविद्यालय परिसरमा सुरु भएको मधेश साहित्य महोत्सव २०२६ आज दोस्रो दिनमा प्रवेश गरेको छ। आजका कार्यक्रमहरू बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु हुनेछन्।

दोस्रो दिनको कार्यक्रम ‘शिक्षा, स्वास्थ्य र समानता’ विषयक प्रथम सत्रबाट सुरु हुनेछ। बिहान १० देखि ११ बजेसम्म सञ्चालन हुने उक्त सत्रमा डा. चितरंजन साह, अरविन्द लाल कर्ण, आर्या रावल र आमोद प्याकुरेलले विचार प्रस्तुत गर्नेछन्। सत्रको सहजीकरण सूर्यनारायण वि.क.ले गर्नेछन्।

Advertisement

११ देखि १२ बजेसम्म ‘गाउँः संघर्ष र संरचना’ विषयक दोस्रो सत्र सञ्चालन हुनेछ, जसमा विजयकान्त कर्ण, हरि शर्मा र राम पुकार महराले धारणा राख्नेछन्। यस सत्रको सहजकर्ता डा. भास्कर गौतम रहनेछन्।

Advertisement

त्यसपछि १२ देखि १ बजेसम्म ‘गाउँः विकास बनाम विनाश’ विषयक तेस्रो सत्र हुनेछ। यस सत्रमा बिक्रम यादव, मधुकर उपाध्याय, जीवन क्षेत्री र निला राम वक्ताका रूपमा सहभागी हुनेछन्। सत्रको सहजीकरण राजेन्द्र सिंह राजपुतले गर्नेछन्।

दिउँसो १ देखि २ बजेसम्म ‘गाउँका खबर, खबरका गाउँ’ विषयक चौथो सत्र आयोजना हुनेछ। यसमा ओमप्रकाश खनाल, जगदीश शर्मा र माधवी कर्ण सहभागी हुनेछन् भने सहजीकरण सलमा खातुनले गर्नेछिन्।

२ देखि ३ बजेसम्म सञ्चालन हुने पाँचौँ सत्र ‘गाउँ: काल र आज’ मा प्रमोद पाण्डे, शिवनन्दन जैसवाल, आनन्द गुप्ता र पवन राजवंशीले आफ्नो धारणा राख्नेछन्। सत्रको सहजकर्ता रिना चौधरी रहनेछिन्।

दोस्रो दिनको कार्यक्रम अन्तर्गत दिउँसो ३ देखि ४:३० बजेसम्म बहुभाषिक कवि गोष्ठी तथा ४:३० देखि ६ बजेसम्म नेटुवा नाच, गीत र नाटक प्रस्तुति हुने कार्यक्रम तय गरिएको छ।

‘गाउँ मन्थनः सपनाको बेर्ना जोगाउन साहित्य’ भन्ने नारासहित आयोजित मधेश साहित्य महोत्सव २०२६ माघ १७ गतेसम्म सञ्चालन हुनेछ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *