Categories समाचार

वीरगञ्जका तीन वडामा वर्षौँदेखिको डुबान समस्या समाधान : महानगर

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २४ र २६ मा वर्षौँदेखि दोहोरिँदै आएको डुबान समस्या अन्ततः समाधान भएको छ। वर्षायाममा पानी निकासको उचित व्यवस्था नहुँदा ती वडाका बासिन्दा हरेक वर्ष डुबानको समस्याबाट प्रभावित हुँदै आएका थिए।

महानगरपालिकाका अनुसार लामो समयदेखि समाधान हुन नसकेको पानी निकासको समस्यालाई मध्यनजर गर्दै विभिन्न स्थानमा ह्युमपाइप (ड्रेनेज पाइप) जडान गरी प्रभावकारी निकासको व्यवस्था मिलाइएको हो। यसअघि पटक–पटक प्रयास भए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको थिएन।

Advertisement

महानगर प्रमुख राजेशमान सिंहको निरन्तर पहल र स्थानीय बासिन्दासँगको सहकार्यबाट यस वर्ष भने डुबान समस्याको दीर्घकालीन समाधान सम्भव भएको महानगरपालिकाले जनाएको छ। हाल गरिएको संरचनागत सुधारपछि डुबानको समस्या अन्त्य भएको स्थानीय बासिन्दाले बताएका छन्।

Advertisement

महानगरपालिकाले निरन्तर पहल र दोहोरिएका प्रयासकै कारण यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै आगामी दिनमा अन्य डुबान प्रभावित क्षेत्रहरूमा पनि यस्तै योजना कार्यान्वयन गरिने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *