Categories समाचार

कल्पना पटवारीको स्वरमा झुम्यो वीरगञ्ज, तीनदिने मधेश साहित्य महोत्सव दोस्रो संस्करण भव्य रूपमा सम्पन्न

Advertisement

वीरगञ्ज । भारतकी चर्चित भोजपुरी लोकगायिका कल्पना पटवारीको दमदार सांगीतिक प्रस्तुतिसँगै तीनदिने मधेश साहित्य महोत्सव २०२६ औपचारिक रूपमा सम्पन्न भएको छ। ‘गाउँ मन्थनः सपनाको बेर्ना जोगाउन साहित्य’ नारासहित आयोजित महोत्सवको दोस्रो संस्करणको समापन कल्पनाको स्वर, लय र दर्शकको उत्साहले स्मरणीय बनाएको हो।

शनिबार साँझ वीरगञ्जस्थित मधेश विश्वविद्यालय परिसरमा कल्पनाको सांगीतिक प्रस्तुति प्रत्यक्ष हेर्न र सुन्न आएका दर्शक श्रोताको भिडले महोत्सवको शोभा बढाएको थियो ।

Advertisement

यसअघि महोत्सवको पहिलो दिन उद्घाटन सत्रसँगै ‘गाउँः स्मृति, मिथक र यथार्थ’, ‘गाउँका युवा: पलायन, नीति र विकल्प’, ‘गाउँः लोकतन्त्र र सत्ता’ तथा ‘गाउँः स्मृति र इतिहास’ विषयमा गहन बहस भएको थियो। साहित्य, राजनीति, समाज र इतिहासका विविध आयाममाथि विचार विमर्शसँगै सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो।

Advertisement

दोस्रो दिन ‘शिक्षा, स्वास्थ्य र समानता’, ‘गाउँः संघर्ष र संरचना’, ‘गाउँः विकास बनाम विनाश’, ‘गाउँका खबर, खबरका गाउँ’ र ‘गाउँ: काल र आज’ विषयमा केन्द्रित सत्रहरू सञ्चालन भएका थिए। त्यस दिन बहुभाषिक कवि गोष्ठी तथा नेटुवा नाच, गीत र नाटक प्रस्तुतिले महोत्सवलाई अझ जीवन्त बनाएको थियो।

कल्पना पटवारीको सांगीतिक प्रस्तुतिसँगै सम्पन्न तीनदिने मधेश साहित्य महोत्सव २०२६ ले साहित्य, संस्कृति र सामाजिक संवादलाई एकै मञ्चमा जोड्दै मधेशको पहिचान, आवाज र सिर्जनशीलतालाई थप सशक्त बनाएको आयोजकले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *