Categories राजनीति

युवा शक्ति संगठित गर्दै प्रदीप यादव

वीरगंज । नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत जुझारु, सचेत र परिवर्तन चाहने युवा तथा विद्यार्थीहरूसँग प्रतिनिधिसभा निर्वाचन जित्ने दृढ संकल्पसहित एकबद्ध छलफल सम्पन्न भएको छ।

एमालेका तर्फबाट पर्सा–१ का प्रतिनिधिसभा उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले युवाशक्तिलाई आफ्नो सबैभन्दा ठूलो भरोसा भएको उल्लेख गर्दै उनीहरूको जोश, विश्वास र प्रतिबद्धताले आफूलाई अझ जिम्मेवार र दृढ बनाएको बताए।

Advertisement

यादवले अब आफ्नो क्षेत्र र भविष्य आफैं निर्माण गर्ने समय आएको उल्लेख गर्दै एकताबद्ध भएर अघि बढेमा जित सुनिश्चित हुने विश्वास व्यक्त गरे। उनले “जय युवा, जय विद्यार्थी” भन्ने नारासहित युवालाई संगठित र सक्रिय भूमिका खेल्न आह्वान गरे।

Advertisement

यससँगै यादवले पर्सा–१ का विभिन्न बस्ती र टोलमा घरदैलो अभियानलाई तीव्र बनाइरहेका छन्। घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा र सुशासनलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *