Categories राजनीति

झाबराहामा रिमा यादवको घरदैलो, स्थानीयबाट उत्साहपूर्ण स्वागत

Advertisement

वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवलाई पर्सागढी नगरपालिका–३ झाबराहामा स्थानीयवासीले भव्य रूपमा स्वागत गरेका छन्। बिहीबार आयोजित मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा झाबराहा पुगेकी यादवको आगमनलाई स्थानीयले समर्थन जनाएका थिए।

स्थानीय महिला, युवा तथा सर्वसाधारणले फूलमाला लगाएर उम्मेदवार यादवलाई स्वागत गर्दै आगामी निर्वाचनमा सफलताको शुभकामना व्यक्त गरेका थिए। स्वागत कार्यक्रमका क्रममा नाचगान, नाराबाजी र खुशियाली देखिन्थ्यो। झाबराहा मात्र नभई आसपासका गाउँबाट आएका मतदाता तथा समर्थकहरूको उल्लेखनीय सहभागिताले चुनावी माहोल थप जीवित बनेको थियो।

Advertisement

स्थानीय मतदाताले यसपटक पर्सा–२ ले योग्य, शिक्षित र महिला उम्मेदवार पाएको भन्दै उत्साह व्यक्त गरेका छन्। उनीहरूले लामो समयपछि जनभावना बुझ्ने र विकासप्रति स्पष्ट दृष्टिकोण राख्ने उम्मेदवार पाएको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

Advertisement

भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले आफू पर्सा–२ को समग्र विकासका लागि राजनीतिमा सक्रिय भएको बताइन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधार क्षेत्रमा सुधार अपरिहार्य रहेको उल्लेख गर्दै दीर्घकालीन विकास योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाइन्।

यादवले विगतमा अधुरा रहेका विकास आयोजनालाई पूरा गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने परिवर्तन ल्याउने विश्वास दिलाइन्। स्थानीय समस्या समाधानलाई प्राथमिकतामा राख्दै जनताको सुख–दुःखमा साथ दिने जनप्रतिनिधिका रूपमा काम गर्ने उनको भनाइ थियो।

अन्त्यमा उनले स्थिर सरकार र समृद्ध पर्सा–२ निर्माणका लागि सूर्य चिन्हमा मतदान गरी विजयी गराउन सम्पूर्ण मतदातासँग आग्रह गरिन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *