Categories समाचार

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण

वीरगन्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत करिब एक हजार थान नयाँ तथा प्रयोगयोग्य पुराना कपडा वितरण गरिएको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।

बैंकले प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १०ः३० देखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित आफ्नै कार्यालयबाट गरिब, असहाय तथा विपन्न वर्गलाई नियमित रूपमा नि:शुल्क कपडा उपलब्ध गराउँदै आएको छ। सोही कार्यक्रमअन्तर्गत मासिक रूपमा सार्वजनिक स्थानहरूमा समेत कपडा वितरण गरिँदै आएको बैंकले जनाएको छ।

Advertisement

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *