Categories राजनीति

किसानको अधिकार र सम्मानका लागि जनमत पार्टी दृढ : सरार्फ

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१८ र २१ मा घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रमका क्रममा उनले तराई मधेसको मुख्य आयस्रोत कृषि भए पनि राज्यले किसानप्रति सधैं विभेदपूर्ण व्यवहार गर्दै आएको आरोप लगाए।

उनले जनमत पार्टी किसानको सम्मान, अधिकार र समृद्धिका लागि स्पष्ट योजना सहित अघि बढेको बताउँदै कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरणमार्फत आयआर्जन वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे। “किसान सशक्त भए मात्र मधेस र देश समृद्ध हुन्छ,” उनले भने।

Advertisement

सरार्फले देश र मधेसको समग्र निकासका लागि जनमत पार्टी र डा. सिके राउतको नेतृत्व अपरिहार्य रहेको दाबी गर्दै हर्न छापमा मतदान गर्न मतदातासमक्ष अपिल गरे।

Advertisement

उक्त कार्यक्रममा नेतृ रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, श्यामशंकर चौरसिया, अनिता रौनियार, सत्युग साह, तुल्सीराम, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान, सन्तोष पासवान लगायतको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *