Categories राजनीति

पर्सा–२ मा रिमा यादवको घरदैलो, बहुअरिमा टीका मालासहित भव्य स्वागत

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमाले बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा यादवले वीरगञ्ज महानगरपालिका–२४ बहुअरि टोलमा घरदैलो अभियानलाई तीव्रता दिएकी छन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदाताले यादवलाई टीका, माला तथा दही खुवाएर स्वागत गरेका थिए। स्थानीय महिला, युवा तथा ज्येष्ठ नागरिकहरूले उनलाई आफ्ना समस्या र अपेक्षाबारे अवगत गराउँदै आगामी निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

Advertisement

उम्मेदवार यादवले क्षेत्रको विकास, कृषि तथा सिँचाइ व्यवस्थापन, सडक पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवामा सुधारलाई आफ्नो प्राथमिकतामा राखेको बताइन्। उनले मधेसको समृद्धि र रोजगारी सिर्जनाका लागि ठोस योजना ल्याउने प्रतिबद्धता व्यक्त गरिन्।

Advertisement

उनले भनिन्, “पर्सा–२ को समग्र विकासका लागि जनताको साथ र विश्वास नै मेरो शक्ति हो। यहाँका हरेक टोल–बस्तीको आवाज संसदसम्म पुर्‍याउने मेरो लक्ष्य छ।”

घरदैलो अभियानमा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। आगामी निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा चुनावी माहोल थप तातिएको देखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *