Categories समाचार

सिधपुरमा चुनावी सरगर्मी, पाण्डेयको सक्रियता चर्चामा

Advertisement

वीरगंज । पर्सा क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी बढ्दै जाँदा रुपेश कुमार पाण्डेय सखुवापर्सौनी गाउँपालिका–१ सिधपुर अकवानियामा घरदैलो अभियानसहित सक्रिय देखिएका छन्। नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पाण्डेयले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम गरेका हुन्।

घर घर पुगेर मतदातासँग हातेमालो गर्दै उनले विकासको निरन्तरता, युवालाई रोजगारी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र कृषिको आधुनिकीकरण आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे। “स्थानीय तहदेखि संघसम्म एउटै सोच र नेतृत्व हुँदा मात्र समृद्धिको आधार बलियो हुन्छ,” उनले भने, “त्यसका लागि एमालेको जित जरुरी छ।”

Advertisement

कार्यक्रममा स्थानीय अगुवा प्रमोद जैसवालसहित उल्लेख्य संख्यामा सर्वसाधारणको सहभागिता देखिएको थियो। स्थानीयले आफ्ना समस्या, अपेक्षा र सुझाव खुलस्त राख्दै उम्मेदवारसँग प्रत्यक्ष संवाद गरेका थिए।

Advertisement

घरदैलो अभियानलाई अझ तीव्र बनाउँदै आगामी दिनमा पनि प्रत्येक टोल–बस्तीमा पुग्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेयले मतदाताको साथ र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *