Categories समाचार

पर्सा-१ : मुर्लीमा काँबरसहित पन्तको घरदैलो, रास्वपाप्रति बढ्दो उत्साह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्त आज मुर्लीमा अनौठो र आकर्षक शैलीमा स्वागत गरिएका छन्। घरदैलो तथा मतदाता भेटघाटका लागि पुगेका पन्तलाई स्थानीयवासीले काँबर बोकाएर टोल–टोलमा परिक्रमा गराएका थिए, जसले कार्यक्रमलाई उत्सवमय बनाएको थियो।

काँबरको अगाडि र पछाडि रास्वपाका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन शाह का तस्बिर झुन्ड्याइएको थियो। उक्त दृश्यले समर्थकहरूमा थप उत्साह देखिएको थियो ।

Advertisement

घरदैलोका क्रममा विभिन्न स्थानमा स्थानीयले टीका, माला र खादा लगाएर पन्तलाई स्वागत गरेका थिए। सहभागीहरूले यसपटकको निर्वाचनमा आफ्नो वडाबाट रास्वपालाई अग्रता दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

कार्यक्रममा पार्टीका स्थानीय नेता कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। रास्वपाले पर्सा–१ मा चुनावी अभियानलाई थप सशक्त बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *