Categories समाचार

आचार्य एकेडेमीमा ‘Cooking Without Fire’ कार्यक्रम सम्पन्न

Advertisement


वीरगञ्ज । वीरगञ्ज- ३ प्रगतिनगर स्थित आचार्य एकेडेमीमा विभिन्न कक्षाका विद्यार्थीहरूको सहभागीता रहेको “Cooking Without Fire” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा सृजनशीलता, आत्मविश्वास र व्यवहारिक जीवनोपयोगी सीप विकास गर्नु रहेको थियो। कार्यक्रममा साना विद्यार्थीहरूले आगोको प्रयोग नगरी विभिन्न स्वास्थ्यकर र आकर्षक परिकारहरू तयार गरी आफ्नो प्रस्तुति क्षमता र टोलीकार्य कौशल प्रदर्शन गरे।

Advertisement

त्यसैगरी, कार्यक्रममा सरसफाइ, पोषण र सन्तुलित आहारको महत्वबारे समेत जानकारी प्रदान गरिएको थियो।

Advertisement

विद्यालय प्रशासनले यस्ता सिर्जनात्मक र व्यवहारिक कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै शिक्षक शिक्षिका र अभिभावकप्रति धन्यवाद ज्ञापन गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *