Categories समाचार

पटेर्वासुगौलीमा अवैध गाँजा खेतीमाथि प्रहरीको ठूलो कारबाही

Advertisement

वीरगंज । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–४ मा अवैध रूपमा लगाइएको गाँजाको खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।

शुक्रबार दिउँसो करिब ४ बजेको समयमा वडा नम्बर ४ अन्तर्गत पश्चिमतर्फ खोलानजिक रहेको ऐलानी जग्गामा गाँजा रोपिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो।

Advertisement

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट २५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। उक्त टोलीले करिब ३ बिघा क्षेत्रफलमा फैलिएको अवैध खेतीबाट करिब ३० हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ।

Advertisement

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण तथा अवैध खेती उन्मूलन अभियानलाई निरन्तरता दिइनेछ। साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको र कानुनी कारबाही अघि बढाइने जानकारी समेत दिइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *