Categories समाचार

पब्लिक फिटनेस सेन्टरमा दोस्रो बेञ्च प्रेस प्रतियोगिता, मेयर सिंहद्वारा युवालाई प्रेरणा

Advertisement

वीरगञ्ज । “Winner Never Quits And Quiter Never Wins” भन्ने नारासहित पब्लिक फिटनेस सेन्टर द्वारा आयोजित दोस्रो बेञ्च प्रेस प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। शनिबार लिंक रोड–८, घण्टाघरस्थित क्लबको हलमा कार्यक्रम आयोजना गरिएको थियो।

२५ जना खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा दिलिप कुमार महरा प्रथम, श्याम ठाकुर द्वितीय तथा अरुण कुमार साह तृतीय स्थान हासिल गर्न सफल भएका छन्। विजेता खेलाडीहरूलाई नगद, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले प्रतियोगिताले युवाहरूमा अनुशासन, आत्मविश्वास तथा स्वास्थ्यप्रति जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले वीरगञ्जलाई खेलकुदमैत्री सहरका रूपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई राष्ट्रिय स्तरसम्म विस्तार गर्न आवश्यक सहयोग गर्न महानगर सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभयो।

Advertisement

स्वस्थ शरीर नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै युवाहरूलाई दुर्व्यसनबाट जोगाउन खेलकुद महत्वपूर्ण माध्यम बन्न सक्ने धारणा राख्नुभयो। साथै, स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विकास, नियमित प्रशिक्षण तथा प्रोत्साहनमा महानगरले सहकार्य गर्ने बताउनुभयो।

प्रतियोगिताको निर्णायक मण्डलमा अकलेश पटेल, आसिफ अंसारी, खालिद हुसेन, विशाल यादव तथा सुमित पटेल रहनुभएको थियो। निर्णायकहरूले निष्पक्ष र पारदर्शी रूपमा मूल्याङ्कन गर्दै प्रतियोगिता सम्पन्न गराएका थिए।

क्लबका संस्थापक तथा प्रशिक्षक करण यादवको अध्यक्ष्तामा सम्पन्न कार्यक्रमको सञ्चालन विशेषर पटेल र अनिशकान्त कुशवाहाले गर्नुभएको थियो। अतिथिहरूमा मणिन्द्रलाल श्रेष्ठ, रोशनी श्रेष्ठ, करण पटेल, श्याम सर्राफ लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *