Categories समाचार

पहिलो ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ सुभाष कुमार बैठालाई

Advertisement

वीरगंज । भोजपुरी साहित्यका उदीयमान लेखक सुभाष कुमार बैठा यस वर्षको पहिलो दिनेश गुप्ता प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन्।

निर्णायक मण्डलले उहाँको दुई कृतिहरू उपन्यास ‘गांव’ र कविता संग्रह ‘लडाई जिनगी के’ लाई ग्रामीण परिवेशप्रतिको गहिरो बुझाइ र भोजपुरी भाषामा विशेष पकडका कारण उच्च मूल्यांकन गरेको छ।

Advertisement

पुरस्कारको संस्थापक दिनेश गुप्ताले भने, “सुभाष कुमार बैठाले आफ्नो मातृभाषामा लेखेर भोजपुरी साहित्यलाई समृद्ध बनाउनु भएको छ। यस्ता स्रष्टालाई सम्मान गर्नु मेरो लागि सौभाग्यको कुरा हो।”

Advertisement

पुरस्कारको राशी र सम्मान समारोहको मिति छिट्टै सार्वजनिक गरिने बताइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *