Categories समाचार

परिवर्तनका एजेन्डासहित घुर्मी कुहडी टोलमा कानुको घरदैलो

Advertisement

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीको कुहडी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

घरदैलोका क्रममा उनले टोल टोलमा पुगेर ज्येष्ठ नागरिक, युवापुस्ता र स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गरे। कानुले पछाडि परेका वर्ग, शिक्षक तथा आम नागरिकको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता दोहोर्‍याउँदै रास्वपा नेतृत्वमा मात्रै सुशासनसहितको व्यवहारिक परिवर्तन सम्भव हुने दाबी गरे।

Advertisement

वैदेशिक रोजगारीका कारण विदेशिएका युवालाई स्वदेशमै अवसर सिर्जना गरी फर्काउने योजना आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले दिगो रोजगारी, गुणस्तरीय शिक्षा, कृषि आधुनिकीकरण र स्थानीय विकासलाई मुख्य एजेन्डा बनाएको बताए।

Advertisement

उनका अनुसार समावेशी विकास, पारदर्शिता र अवसर सिर्जनामा आधारित राजनीति नै अहिलेको आवश्यकता हो, जसका लागि रास्वपा स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेको छ।

घरदैलो अभियानमा स्थानीय बासिन्दाले पनि परिवर्तनमुखी राजनीतिको पक्षमा ऐक्यबद्धता जनाउँदै समर्थन व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *