Categories समाचार

“भत्ता सरकारले दिन्छ” : जनक साहको सन्देशसँगै अलौ सिवानमा रास्वपाको घरदैलो

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१७ को अलौ सिवान टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

घरदैलोका क्रममा ८५ वर्षीय जेष्ठ नागरिक जनक साहले कानुलाई आशीर्वाद दिँदै मतदातालाई सचेत रहन आग्रह गरे। उनले “सामाजिक सुरक्षा भत्ता पार्टीले होइन, सरकारले दिन्छ, त्यसैले झुटा आश्वासनमा नपर्नुहोस्” भन्दै विवेकपूर्ण मतदान गर्न आग्रह गरे।

Advertisement

उम्मेदवार कानुले स्वास्थ्य, शिक्षा, रोजगारी र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले राजनीति भाषणमा होइन, परिणाममा देखिनुपर्ने धारणा राख्दै जनताको जीवनस्तर सुधार आफ्नो मुख्य लक्ष्य रहेको बताए।

Advertisement

कार्यक्रममा स्थानीयले परिवर्तनको पक्षमा समर्थन जनाउँदै रास्वपाप्रति आकर्षण बढिरहेको संकेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *