Categories समाचार

कर्फ्युका बीच समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि विर्ता प्रहरीको दुर्व्यवहार

Advertisement

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सा ले वीरगञ्ज महानगरपालिका–११ मा हिजो साँझ भएको विवादलाई मध्यनजर गर्दै आज कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु लागू भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

सोही क्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रमुखको कमान्डमा प्रहरी टोली गाडीमार्फत आदर्शनगर क्षेत्रमा बजार बन्द गराउँदै हिँडिरहेको थियो। उक्त दृश्यको तस्बिर तथा भिडियो समाचार प्रयोजनका लागि कैद गरिरहेका रातोपाना अनलाइनका प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी अमित अग्रवालमाथि दुर्व्यवहार गरिएको बताइएको छ ।

Advertisement

सञ्चारकर्मी अग्रवालका अनुसार, आदर्शनगर चोकमा बजार बन्दको दृश्य कैद गर्ने क्रममा वडा प्रहरी कार्यालय विर्ताको गाडीले अगाडिबाट हुइँकाएर ठक्कर दिने प्रयास गरेको बताइएको छ। आफू पत्रकार भएको जानकारी गराउँदा पनि गाडी चालकले अपशब्द प्रयोग गर्दै धम्की दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

Advertisement

सञ्चारकर्मी अग्रवालका अनुसार, चालकले “बीच बाटोमा बसिस भने हानी हाल्छु” भन्दै धम्की दिएका थिए, जसका कारण केहीबेर उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो।

कर्फ्युको संवेदनशील अवस्थाबीच समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि भएको यस्तो व्यवहारप्रति सञ्चार क्षेत्रले गम्भीर चासो व्यक्त गरेको छ। घटनाबारे आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *