Categories समाचार

रमेश खरेलद्वारा वीरगञ्जको अवस्थाप्रति चिन्ता व्यक्त

वीरगञ्ज । वीरगंजको श्रीपुर क्षेत्रमा उत्पन्न घटनापछि पर्साका प्रमुख जिल्ला अधिकारीले सम्भावित असर नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरेपछि वीरगञ्जको अवस्था फेरि चर्चामा आएको छ। सीमित क्षेत्रको तनावका कारण आर्थिक रूपमा महत्त्वपूर्ण शहर ठप्प हुन पुगेको भन्दै पूर्वडीआइजी रमेश खरेल ले चिन्ता व्यक्त गर्नुभएको छ।

उहाँले वीरगञ्ज जस्तो संवेदनशील तथा आर्थिक दृष्टिले रणनीतिक शहरमा सुरक्षा व्यवस्थापन थप प्रभावकारी, समन्वयकारी र तथ्यमा आधारित हुनुपर्ने बताउनुभयो। “एउटा सीमित क्षेत्रमा देखिएको तनावका कारण सिंगो शहर बन्द हुनु समाधान होइन,” उहाँको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ, “नागरिकको सुरक्षा सुनिश्चित गर्दै विश्वास कायम राख्नु नै दीर्घकालीन समाधान हो।”

Advertisement

खरेलले सुरक्षाकर्मी, स्थानीय प्रशासन र समुदायबीच समयमै संवाद र समन्वय हुन सकेमा अवस्था सामान्य बनाउन सकिने धारणा राख्नुभएको छ। उहाँले विगतमा पर्साको प्रशासनिक नेतृत्व सम्हाल्दा अपनाइएको समुदाय–केन्द्रित सुरक्षा रणनीतिले सकारात्मक परिणाम दिएको अनुभवसमेत साझा गर्नुभएको बताइएको छ।

Advertisement

हाल प्रशासनले श्रीपुर आसपास क्षेत्रमा सुरक्षा उपस्थिति कडा बनाएको छ भने सर्वसाधारणलाई अफवाहमा नलाग्न आग्रह गरिएको छ। व्यवसायी र दैनिक मजदुरीमा निर्भर नागरिकहरू भने कर्फ्युका कारण मारमा परेका छन्।

स्थानीयवासीहरूले शान्ति, संयमता र पारस्परिक विश्वासमार्फत समस्या समाधान गर्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *