Categories समाचार

अंग्रेजी भाषणभन्दा विकासको एजेण्डा महत्वपूर्ण : एमाले उम्मेदवार पाण्डेय

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत बहुदरमाई नगरपालिका–१ बिश्रामपुरमा मंगलबार नेकपा एमालेको चुनावी घरदैलो तथा जनसंवाद कार्यक्रम उत्साहका साथ सम्पन्न भएको छ। कार्यक्रममा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेय स्थानीय टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका थिए।

बिश्रामपुर पुगेका पाण्डेयलाई स्थानीयले स्वागत गर्दै समर्थन जनाएका थिए। घरदैलोका क्रममा उनले विकास र समृद्धिको स्पष्ट खाका एमालेसँग मात्रै रहेको दाबी गर्दै ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।

Advertisement

आफू राजनीतिमा नयाँ भए पनि क्षेत्रका समस्या र जनअपेक्षाबारे पूर्ण जानकार रहेको बताउँदै पाण्डेयले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “म अंग्रेजीमा भाषण गर्न होइन, जनताको सेवक बन्न राजनीतिमा आएको हुँ,” उनले भने, “पर्सा–३ का हरेक गाउँ र टोलको समस्या सुनेर समाधान गर्ने जिम्मेवारी लिन्छु।”

Advertisement

कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ताको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *