Categories राजनीति

विगतका उपलब्धि देखाएर प्रदीप यादव मत माग्दै

वीरगंज । पर्सा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिएका छन्। वीरगंज महानगरपालिकाका विभिन्न वडामा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। एमालेका कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा अभियानमा जुटेका छन्।

जगरनाथपुरसहितका क्षेत्रमा पुगेका यादवलाई स्थानीयले स्वागत गरेका छन्। मतदाताहरूले विगतका कामको स्मरण गर्दै पुनः समर्थन गर्ने संकेत दिएको एमाले पक्षको दाबी छ। घरदैलोका क्रममा विकास र स्थायित्वको एजेण्डा अघि सारिएको बताइएको छ।

Advertisement

दुई पटक सांसद तथा पूर्व मन्त्री रहेका यादवले सडक, डिप बोरिङमार्फत खानेपानी व्यवस्थापन, कोरोना महामारीका बेला राहत तथा पूर्वाधार निर्माणमा भूमिका खेलेको स्थानीयको भनाइ छ। केही मतदाताले जिल्लाको विकासका लागि निरन्तर काम गर्ने नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन्।

Advertisement

अभियानका क्रममा यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। पर्सा–१ मा जनसमर्थन बढ्दै गएको एमालेको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *