Categories समाचार

औद्योगिक पर्साको पुनर्जागरणको एजेन्डासहित मैदानमा सुशील कानु

Advertisement

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सा निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। बिहीबार उनले वीरगञ्ज महानगरपालिका वडा नं. १० को आदर्शनगर, अशोकवाटिका तथा घडिअर्वा पोखरी क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयले उनलाई उत्साहपूर्वक स्वागत गरेका छन्।

घरदैलोका क्रममा कानुले वीरगञ्जलाई कुशासनमुक्त बनाई व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। परम्परागत राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको उल्लेख गर्दै उनले अब सुशासन, पारदर्शिता र विकासमुखी नेतृत्व आवश्यक रहेको बताए। पर्सा औद्योगिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण जिल्ला भए पनि आवश्यक पूर्वाधार र योजनाबद्ध विकासको अभाव रहेको उनको भनाइ छ।

Advertisement

निर्वाचित भएपछि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी सडक, पूर्वाधार र उद्योग व्यवसाय प्रवर्द्धनमा जोड दिने उनले बताए। मतदातालाई रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा मतदान गरी परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै उनले अघिल्लो विश्वासलाई मतमार्फत निरन्तरता दिन अपिल गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *