Categories राजनीति

पर्सामा आयोजित चुनावी विद्यार्थी भेला सम्पन्न

Advertisement

वीरगञ्ज । पर्सा जिल्लामा आयोजित चुनावी विद्यार्थी भेला सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने सहभागीहरूले आसन्न निर्वाचनप्रति आफ्नो सक्रियता र चासो प्रकट गरेका थिए।

भेलाको अध्यक्षता अनेरास्ववियु पर्साका अध्यक्ष सुजित मण्डलले गरेका थिए। प्रमुख अतिथिका रूपमा अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव तथा प्रवक्ता समीम बाबु खान उपस्थित थिए। त्यसैगरी प्रमुख वक्ताका रूपमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार तथा निवर्तमान खानेपानी मन्त्री प्रदीप यादवले सम्बोधन गरेका थिए।

Advertisement

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगी विशिष्ट अतिथिका रूपमा सहभागी थिए। अतिथिहरूमा अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ आलम तथा नेकपा एमाले पर्साका सचिवालय सदस्य तथा प्रवक्ता सुन्दर कुर्मीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रेयाज अंसारीले गरेका थिए।

Advertisement

वक्ताहरूले विद्यार्थीहरूको भूमिका लोकतान्त्रिक अभ्यासमा महत्वपूर्ण रहने उल्लेख गर्दै राष्ट्र निर्माणमा युवाशक्तिको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। भेलामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै कार्यक्रमलाई सफल बनाएका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *