Categories समाचार

एलपी ग्यासको कृत्रिम अभाव नगर्न प्रशासनको कडा चेतावनी, कालोबजारी गरे कारबाही

वीरगंज । कपिलवस्तु जिल्लाका विभिन्न बजारमा एल.पि. ग्यासको कृत्रिम अभाव सिर्जना भएको भन्दै उपभोक्ताबाट गुनासो आएपछि प्रशासनले गम्भीर ध्यानाकर्षण जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै उपभोक्ताले दैनिक प्रयोग गर्ने अत्यावश्यक वस्तु एलपी ग्यास लुकाएर राख्ने, भण्डारण गर्ने वा बढी मूल्यमा बिक्री गर्ने कार्य अमानवीय तथा प्रचलित कानुन विपरीत हुने जनाएको छ।

Advertisement

प्रशासनले ग्यासको भण्डारण, आपूर्ति तथा बिक्री वितरणलाई सहज बनाउन जिल्लाका उद्योगी, व्यवसायी तथा डिलरहरुलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरेको छ।

Advertisement

सूचनामा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने, लुकाइछिपाइ बिक्री गर्ने वा तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने पाइएमा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ लगायत प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

प्रशासनले उपभोक्तालाई ग्यास आपूर्तिमा समस्या भए सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *