Categories समाचार

शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति पर्सा प्रशासनको धन्यवाद

वीरगञ्ज । देशभरसहित पर्सा जिल्लामा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति जिल्ला प्रशासन कार्यालय पर्साले धन्यवाद ज्ञापन गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल द्वारा जारी धन्यवाद ज्ञापन पत्रमा निर्वाचन प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण सुरक्षा निकाय, सुरक्षाकर्मी, निर्वाचन कर्मचारी, राजनीतिक दल तथा उम्मेदवार, सञ्चारकर्मी, विभिन्न पेशामा आबद्ध व्यक्तिहरू, संघसंस्थाका प्रतिनिधि, उद्योगी तथा यातायात व्यवसायी, पर्यवेक्षक तथा अनुगमनकर्ता, नागरिक समाज तथा सामाजिक अगुवा लगायत सम्पूर्ण पर्सावासीप्रति कृतज्ञता व्यक्त गरिएको छ।

Advertisement

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षप्रति हार्दिक धन्यवाद प्रकट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *