Categories समाचार

कालोबजारी नगर्न ग्यास विक्रेतालाई महासंघको आग्रह

वीरगंज । बजारमा एलपी ग्यासको अभाव र केही स्थानमा विक्रेताले तोकिएको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरिरहेको भन्ने समाचारप्रति ग्यास डिलर्स महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा मध्यपूर्वमा देखिएको अशान्तिका कारण उपभोक्तामा ग्यास नपाइने चिन्ता बढ्नु स्वाभाविक भएको उल्लेख गरिएको छ।

Advertisement

महासंघले सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध भएको स्पष्ट गर्दै यदि कतै यस्तो भइरहेको भए तत्काल त्यस्तो गैरकानुनी काम नगर्न सबै विक्रेतालाई अपिल गरेको छ।

Advertisement

यस्तै, यस्तो विषम परिस्थितिमा तोकिएको मूल्यभन्दा बढी रकम लिने विक्रेता तथा उद्योगमाथि कानुनी कारबाही गर्न सरकारसँग महासंघले माग पनि गरेको छ। साथै महासंघले सबै जिल्ला संघमार्फत यसबारे जानकारी गराई गैरकानुनी काम गर्ने जोकोहीलाई कारबाही गरिने सन्देश सबै विक्रेतासम्म पुर्‍याउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *