Categories समाचार

शीतला माताको पूजामा 4GR को ‘प्रसाद बचाऔँ’ अभियान, संकलन गरि मन्दिर र गौशालामा वितरण

वीरगंज । वीरगंजमा सामाजिक संस्था Joining Hands for Good Reason (4GR) ले हरेक वर्षझैँ यस वर्ष पनि शीतला माताको पावन पुजाको अवसरमा “प्रसाद बचाऔँ” अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।

संस्थाले विगत केही वर्षदेखि मन्दिरमा चढाइने प्रसाद व्यर्थ नहोस् भन्ने उद्देश्यका साथ यो सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि ठूलो संख्यामा श्रद्धालुहरूको सहभागितामा मन्दिरमा चढाइएको प्रसादलाई व्यवस्थित रूपमा संकलन गरिएको थियो। संकलित प्रसाद मन्दिरमा उपयोग गरिनुका साथै पर्याप्त मात्रामा गौशालामा समेत पुर्‍याइएको संस्थाले जनाएको छ।

Advertisement

संस्थाका अनुसार अन्नको एक–एक कणको सम्मान गर्नु नै अभियानको मुख्य उद्देश्य हो। हिन्दू धर्मशास्त्रमा अन्नको प्रत्येक कणमा भगवानको वास हुने विश्वास गरिएकोले भगवानलाई अर्पण गरिएको प्रसाद सही स्थानमा उपयोग हुँदा त्यसको वास्तविक महत्व र पुण्य अझ बढ्ने विश्वास गरिएको छ।

Advertisement

संस्थाले यो सेवा कार्य श्रद्धालु तथा सहयोगीहरूको साथ, विश्वास र सहभागिताले सम्भव भएको बताउँदै आगामी दिनमा पनि अन्नको सम्मान गर्दै प्रसाद बचाउने अभियानलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *