Categories समाचार

साउदी मार्ग हुँदै नेपाल आउन चाहने कतारका नेपालीलाई दूतावासको सूचना

Advertisement

वीरगंज । दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कतारमा बसोबास गरिरहेका नेपाली नागरिकलाई साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्दा आवश्यक प्रक्रिया पूरा गर्न विशेष अनुरोध गरेको छ।

राजदूतावासले जारी गरेको सूचना अनुसार वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका कतारस्थित नेपाली नागरिकहरूले साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहेमा पर्यटक भिसाका लागि आवेदन दिनुपर्नेछ।

Advertisement

त्यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्र मार्फत अग्रिम समय (अपोइन्टमेन्ट) बुक गरी आवेदन दिन अनुरोध गरिएको छ। उक्त भिसा सेवा केन्द्र एजदान मल (अल घराफा) मा रहेको जनाइएको छ।

Advertisement

नेपाली राजदूतावास, दोहाले आज सार्वजनिक गरेको सूचना बारे थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने राजदूतावासले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *