Categories समाचार

संसदीय भूमिकाबारे सिकाउन रास्वपाको अभिमुखीकरण कार्यक्रम

Advertisement

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रम चैत ३ र ४ गते काठमाडौंमा सञ्चालन गरिनेछ। उक्त प्रशिक्षणमार्फत सांसदहरूलाई संसदीय अभ्यास, पार्टीको नीति दिशा, संसदीय प्रक्रिया तथा सांसदको जिम्मेवारीबारे जानकारी प्रदान गरिने बताइएको छ।

Advertisement

कार्यक्रममा सहभागी हुन सबै सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेसम्म काठमाडौँ उपत्यकाभित्र तोकिएको स्थानमा अनिवार्य उपस्थित हुन पार्टीले आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *