Categories समाचार

वीरगञ्जमा ‘चिया आँगन’ सुरु हुँदै

वीरगञ्ज । युवाहरूको पहल र मेहनतले सिर्जित नयाँ व्यवसाय ‘चिया आँगन’ सञ्चालनमा आउने भएको छ। आदर्शनगरस्थित आरबी कम्प्लेक्समा स्थापना गरिएको उक्त चिया घरको उद्घाटन चैत ६ गते अपराह्न ४ बजेदेखि हुने तय गरिएको छ।

स्थानीय युवाहरूको सामूहिक प्रयासमा सुरु गरिएको ‘चिया आँगन’ ले केवल चिया पिउने स्थान मात्र नभई आपसी भेटघाट, संवाद र सम्झनाहरू साटासाट गर्ने आत्मीय वातावरण प्रदान गर्ने लक्ष्य लिएको छ।

Advertisement

उद्घाटन समारोहमा साथीभाइ, परिवार तथा शुभेच्छुकहरूलाई सहभागी भई यस नयाँ सुरुवातलाई अझ विशेष बनाउन आयोजकले आग्रह गरेका छन्। उनीहरूका अनुसार, ‘चिया आँगन’ ले वीरगञ्जमा फरक पहिचान बनाउँदै स्थानीय स्तरमै रोजगारी र उद्यमशीलताको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

Advertisement

युवाहरूको सिर्जनात्मक सोच र निरन्तर मेहनतबाट जन्मिएको यो पहलले साना व्यवसायमार्फत ठूलो सम्भावना सिर्जना गर्न सकिने सन्देश पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *