Categories समाचार
Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–६ मेनरोडस्थित रुबिक लाउन्जको ठीक सामुन्ने नयाँ लेडिज तथा किड्स वेयर स्टोर हिजो बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। युवा उद्यमी तथा कन्टेन्ट क्रिएटर सुर्या सर्राफद्वारा सञ्चालनमा ल्याइएको उक्त स्टोरले महिलाहरू र बालबालिकाका लागि आधुनिक, आकर्षक तथा ट्रेन्डी पहिरनहरू एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य लिएको छ।

स्टोरमा दैनिक प्रयोगका सहज तथा आरामदायी लुगादेखि लिएर विशेष अवसर—जस्तै पार्टी, पारिवारिक कार्यक्रम तथा विभिन्न उत्सवका लागि उपयुक्त डिजाइनर तथा स्टाइलिस पहिरनहरू उपलब्ध गराइने बताइएको छ। बालबालिकाका लागि समेत नयाँ ट्रेन्डअनुसारका कपडाहरू राखिएको छ, जसले अभिभावकहरूलाई आफ्ना सन्तानका लागि गुणस्तरीय र फेसनेबल विकल्प छनोट गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

Advertisement

यसअघि आदर्शनगर चोकमा ‘ड्रेसअप वीरगञ्ज’ नामक फेसन स्टोर सफलतापूर्वक सञ्चालन गर्दै आएका सर्राफले व्यवसाय विस्तारको रूपमा नयाँ स्टोर सुरु गरेका हुन्। पुरानो स्टोरबाट प्राप्त अनुभव र ग्राहकको विश्वासलाई आधार बनाएर अझ फराकिलो दायरा समेट्ने उद्देश्यसहित नयाँ अवधारणामा स्टोर सञ्चालन गरिएको उनले जनाएका छन्।

Advertisement

सामाजिक सञ्जालमा क्रिएटिभ कन्टेन्टमार्फत युवाबीच लोकप्रिय बनेका सर्राफले आफ्नो सिर्जनात्मक सोचलाई व्यवसायसँग जोड्दै स्थानीय स्तरमै नयाँ पहिचान बनाउने प्रयास गरिरहेका छन्। उनका अनुसार फेसन केवल पहिरन मात्र नभई व्यक्तित्व अभिव्यक्त गर्ने माध्यम भएकाले ग्राहकको रुचि र आवश्यकता अनुसारका सामग्री उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिइनेछ।

उनले स्वदेशमै उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले व्यवसाय विस्तार गरिएको बताउँदै युवाहरूलाई आफ्नै ठाउँमा केही नयाँ र सिर्जनात्मक काम गर्न प्रेरित गर्ने लक्ष्यसमेत राखेको उल्लेख गरेका छन्। साथै, नयाँ स्टोर सञ्चालनसँगै वीरगञ्जका ग्राहकहरूले गुणस्तरीय, आधुनिक तथा ट्रेन्डअनुसारका फेसन सामग्री अब सहज रूपमा पाउने विश्वास व्यक्त गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *