वीरगञ्ज। उपकार सेवा नेपाल र क्विन ज्वेलर्सको पूर्ण समन्वय तथा सहयोगमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ मा बस्ने शारीरिक अपाङ्ग व्यक्तिको घरमै पुगेर व्हीलचेयर सहयोग प्रदान गरिएको छ।
बिरगञ्ज–११, मुर्ली चौक बस्ने ५५ वर्षीय लालबाबु नेपाली शारीरिक अस्वस्थताका कारण हातखुट्टा चलाउन नसक्ने अवस्था भएका छन्। उनी दुई वर्षदेखि ओछ्यानमै बस्न बाध्य थिए र परिवारजनले अत्यन्त कष्टकर रूपमा लालनपालन गर्दै आएका थिए।
उपकार सेवा नेपालका अध्यक्ष बिध्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवी अमर सर्राफ, प्रज्वलमान डङ्गोल, दीप्पु बर्णवाल, सम्बन्धित वार्ड अध्यक्ष अजय चौरसिया लगायतको उपस्थितिमा नेपालीलाई व्हीलचेयर हस्तान्तरण गरिएको थियो।






