Categories समाचार

मालपोत कार्यालय पोखरियाको राजश्व संकलन ८ करोड ५२ लाख नाघ्यो, सेवा प्रवाहमा उल्लेखनीय सुधार

Advertisement

वीरगंज । आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत मालपोत कार्यालय पोखरियाले हालसम्म उल्लेखनीय राजश्व संकलन गर्दै सेवा प्रवाहमा समेत प्रभावकारी सुधार गरेको जनाएको छ। कार्यालयका अनुसार २०८२ /०१/०१ देखि २०८२/१२/०८ गतेसम्म कुल ८ करोड १६ लाख ४९ हजार २६८ रुपैयाँ राजश्व संकलन भएको छ।

उक्त अवधिमा दृष्टिबन्धक लिखत पारित संख्या १ हजार १६९ र राजीनामा लिखत पारित संख्या १ हजार ९८२ पुगेको छ। यसरी कुल ३ हजार १५१ लिखत पारित भई सो बराबरको राजश्व संकलन भएको कार्यालयले जनाएको छ।

Advertisement

त्यसैगरी मुदाफाँटतर्फ जग्गा नामसारी ३००, दर्ता–खारेज (दा–खा) २१०, हालसाबिक १८०, संशोधन २० र फैसला ५ गरी जम्मा ७१५ वटा कार्य सम्पन्न भएका छन्। यसबाट ३६ लाख २१ हजार १४८ रुपैयाँ राजश्व संकलन भएको छ।

Advertisement

कार्यालयले लामो समयदेखि अवरुद्ध रहेको नगर विकास आयोजना अन्तर्गतको जग्गा विवाद समाधान गरी सम्बन्धित जग्गाधनी किसानलाई जग्गा फिर्ता गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ। पर्साको कालिकामाई गाउँपालिका–४ प्रसौरामपुर निवासी शम्भु साहले कार्यालयप्रति सन्तुष्टि व्यक्त गर्दै सेवा सहज र प्रभावकारी बनेको बताएका छन्।

यस्तै पोखरिया नगरपालिका–१ का स्थानीय तथा उपभोक्ता समिति अध्यक्ष राजु बाबु गिरीले पछिल्लो समय कार्यालयको कार्यशैलीमा व्यापक सुधार आएको उल्लेख गर्दै सेवाग्राहीमैत्री वातावरण विकास भएको बताए। पकाहा मैनपुर गाउँपालिका–१ का वन कृष दासले मालपोत कार्यालयमा बिचौलियाको प्रभाव घटेको र काम पारदर्शी ढंगले हुने गरेको प्रतिक्रिया दिएका छन्।

त्यसैगरी पोखरिया नगरपालिका–४ का सेवाग्राही आजाद आलमले कार्यालयको सेवाप्रति उच्च सन्तुष्टि व्यक्त गर्दै भने, “पहिला जस्तो झन्झट र ढिलासुस्ती अहिले छैन। काम अत्यन्तै छिटो, व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ। कर्मचारीहरू सहयोगी र जिम्मेवार देखिन्छन्।

मालपोत कार्यालय पोखरियाले सेवाग्राहीलाई सहज, छिटो, पारदर्शी तथा प्रभावकारी सेवा प्रदान गर्न निरन्तर सुधारका प्रयासहरू अघि बढाइरहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *