Categories समाचार

गहवामाई डोली यात्रामा आचार्य एकेडेमीद्वारा जुस तथा पानी वितरण

वीरगञ्जगहवामाई डोली यात्राको अवसरमा वीरगञ्ज–३ प्रगतिनगरस्थित आचार्य एकेडेमीले भक्तजन तथा यात्रुहरूका लागि जुस र शीतल पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

धार्मिक तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो। डोली यात्रामा सहभागी सर्वसाधारणलाई जुस तथा शीतल पानी उपलब्ध गराउँदै सेवामूलक कार्य गरिएको हो।

Advertisement

विद्यालयका प्रधानाध्यापक मो. सगीर अलीका अनुसार यस्ता कार्यक्रमहरूले समाजमा एकता, सद्भाव र सहयोगको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्दै अघि बढिरहेको बताउनुभयो।

Advertisement

कार्यक्रममा शिक्षक-शिक्षिका, कर्मचारी, विद्यार्थी तथा सहयोगी व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयवासी र यात्रुहरूले विद्यालयको यस प्रयासको प्रशंसा गरेका छन्।

आचार्य एकेडेमीले आगामी दिनहरूमा पनि यस्ता धार्मिक, सामाजिक तथा जनसेवामूलक कार्यक्रमहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *