वीरगंज। काठमाडौँमा आज सत्ता हस्तान्तरणको नयाँ अध्याय सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेल ले बालेन्द्र शाह लाई प्रधानमन्त्री पदको शपथ गराउने तयारी पूरा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता शाहलाई संविधानको धारा ७६(१) अनुसार एकल बहुमतको सरकार गठनका लागि नियुक्त गरिन लागेको हो।
शीतल निवासमा हुने शपथ समारोहमा राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि र उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूलाई पनि शपथ गराउने कार्यक्रम तय भएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। सोही आधारमा शाहलाई संसदीय दलको नेता चयन गरिएपछि उनी देशको नेतृत्व सम्हाल्न तयार भएका हुन्।






