Categories हाइलाइट-समाचार

बालेन शाह प्रधानमन्त्री नियुक्त, आजै शपथ ग्रहण गर्ने

Advertisement

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह मुलुकको नयाँ प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शाहले आजै शुभ साइतमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा हुने शपथ समारोहका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाइएको छ।

Advertisement

नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल सरकार गठनको प्रक्रिया अन्तर्गत शाह प्रधानमन्त्री नियुक्त भएका हुन्। शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूको सहभागिता रहनेछ।

Advertisement

यसै क्रममा प्रधानमन्त्रीसँगै केही मन्त्रीहरूको पनि शपथ गराइने तयारी रहेको स्रोतले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *