Categories रासस

वीरगञ्ज नाकाबाट ७ महिनामा ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आयात, पेट्रोलियम र फलामका सामान मुख्य

Advertisement

वीरगञ्ज । चालु आर्थिक वर्षको ७ महिनामा वीरगञ्ज नाकाबाट ५ खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५८ अर्ब ९१ करोड  रुपैयाँ अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । गत आवको ७ महिनामा भने ५ अर्ब ३६ करोड ५५ करोड मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो । 

Advertisement

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताए। 

Advertisement

वीरगञ्ज हुँदै चालु आवको ७ महिनामा १ खर्ब २३ अर्ब ६७ करोड मूल्य पर्ने ५ थरिका पेट्रोलियम पदार्थको तथा ५२ अर्ब ७५ करोड रुपैयाँका फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ ।

यस्तै४२ अर्ब ४८ करोडका मेसिनरी पार्टपुर्जा, ४१ अर्ब २० करोडका भटमासको कच्चा तेल, ३० अर्ब ९१ करोडका इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा, २८ अर्ब ५९ करोडको मलखाद र २३ अर्ब ७१ करोड रुपैयाँ बराबरका कपडा आयात भएका छन् । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *