Categories समाचार साहित्य

वीरगंज पब्लिक कलेजमा साहित्यिक उत्सव, स्रष्टा सम्मानले बढायो गरिमा

वीरगंज । वीरगंज पब्लिक कलेजको प्राङ्गणमा शनिबार भव्य रूपमा ‘साहित्यिक उत्सव २०८२’ सम्पन्न भएको छ। वैचारिक विमर्श, कविता वाचन, सांगीतिक प्रस्तुति तथा सांस्कृतिक झाँकीले भरिएको उक्त कार्यक्रमले सहरको बौद्धिक तथा सिर्जनात्मक वातावरणलाई थप उर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

उत्सवको प्रमुख आकर्षण विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान समारोह रह्यो। सो अवसरमा भोजपुरी प्रतिष्ठान, वीरगंजकी अध्यक्ष तथा साहित्यकार अनिता साहसहित लेखक दिनेश गुप्ता, गायक सुशील पण्डित, सङ्गीतकार ध्रुव सिंह ठकुरी, लोक गायक अशोक प्रधान, कलाकार अजमत अली अन्सारी, गजलकार ऋतुराज पटेल, , भोजपुरी लोक गायक शोधा यादव तथा सङ्गीतकार गणेश परियारलाई पनि दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

Advertisement

कलेज परिसरमा सम्पन्न उत्सवमा विद्यार्थीहरूले कविता वाचन, सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न समुदायका विशेष परिकार तयार गरी पाहुनाहरूलाई पस्केका थिए, जसले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।

Advertisement

कार्यक्रमबारे बोल्दै कलेजका संस्थापक डाक्टर दिपक शाक्यले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले कलेजले शैक्षिक गतिविधिसँगै सिर्जनात्मक तथा सांस्कृतिक विकासलाई पनि समान प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *