Categories समाचार

वीरगञ्जमा मोटरसाइकल र्‍यालीद्वारा बालेन शाह सरकारको समर्थन

Advertisement

वीरगञ्ज । वीरगञ्जमा बालेन शाह नेतृत्वको सरकारप्रति समर्थन जनाउँदै मोटरसाइकल र्‍याली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम पावरहाउस चोकबाट सुरु भई घण्टाघर, माइस्थान, आदर्शनगर र अलखियामठ हुँदै फेरी घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा सयौँ युवाहरूको उत्साहजनक सहभागिता देखियो। सहभागीहरूले विकास, सुशासन र पारदर्शिताको पक्षमा नाराबाजी गर्दै आफ्नो समर्थन प्रकट गरे। विशेषगरी युवा तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति कार्यक्रमलाई ऊर्जा प्रदान गर्ने मुख्य कारण बन्यो।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै तेज शमशेर जबराले सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताए र सबैलाई सकारात्मक कदमको समर्थन गर्न आह्वान गरे। सहजिकर्ता जावेद इकबाल हैदरले पनि युवाहरूको सहभागितालाई देशमा परिवर्तनको संकेतको रूपमा व्याख्या गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *