Categories अर्थ

सामाजिक सञ्जालबाटै प्रधानमन्त्री बालेन शाहको मुख्य आम्दानी

Advertisement

वीरगंज । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ, जसमा उनको आम्दानीको मुख्य स्रोत सामाजिक सञ्जाल प्लेटफर्महरू भएको उल्लेख गरिएको छ।

विवरण अनुसार प्रधानमन्त्री शाहको बैंक खातामा करिब १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको देखिएको छ। उक्त रकम फेसबुक, युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमार्फत प्राप्त आम्दानीबाट संकलित भएको विवरणमा उल्लेख गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत प्राप्त आम्दानी नै उनको प्रमुख आर्थिक स्रोतका रूपमा देखिएको छ।

Advertisement

त्यस्तै, प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेसँग करिब १ सय ९० तोला सुन रहेको विवरणमा उल्लेख छ। सो सुन पैतृक सम्पत्तिबाट प्राप्त भएको जनाइएको छ।

Advertisement

परिवारको नाममा रहेको अचल सम्पत्तिमा पनि विभिन्न स्थानका जग्गा समावेश छन्। विवरणअनुसार प्रधानमन्त्रीकी आमा धु्रवदेवी शाहको नाममा काठमाडौंमा ५ आना तथा धनुषामा १.२ बिघा जग्गा रहेको छ। त्यसैगरी बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको देखाइएको छ।

सार्वजनिक विवरणसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य मन्त्रीहरूको सम्पत्तिबारे पनि विवरण सार्वजनिक भएको छ। धेरैजसो मन्त्रीहरूसँग सुन तथा अन्य सम्पत्तिको विवरण उल्लेख भए पनि सबैको सम्पत्ति संरचना फरक फरक देखिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *