Categories समाचार

सम्पत्ति विवरण सार्वजनिक भएपछि हर्कको व्यंग्य: “जनतासँग लसुन छैन, नेतासँग सुन नै सुन”

वीरगंज । हिजो प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि देशभर राजनीतिक बहस चर्किएको छ।

सार्वजनिक विवरणमा नेताहरूको सम्पत्ति, बचत तथा लगानीसम्बन्धी विवरण बाहिरिएपछि पारदर्शिता र आयस्रोतको विषय फेरि चर्चामा आएको हो। यही सन्दर्भलाई जोड्दै सांसद हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमा व्यंग्यात्मक टिप्पणी गरेका हुन्।

Advertisement

उनले “गरीब जनता सँग तरकारीमा लाउने लसुन छैन, नेताहरूसँग सुन नै सुन, के गर्नु हौ त्यो सुन? म खान मिल्ने?” भन्दै नेताहरूको सम्पत्ति र सर्वसाधारण जनताको जीवनस्तरबीचको गहिरो असमानताप्रति प्रश्न उठाएका छन्।

Advertisement

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा पुनः व्यापक बहस निम्त्याएको छ। कतिपयले यसलाई जनताको वास्तविक समस्यासँग जोडिएको टिप्पणी भनेका छन् भने कतिपयले राजनीतिक व्यंग्यका रूपमा प्रतिक्रिया जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *