Categories समाचार

वीरगञ्जमा गाँजा जस्तो पदार्थसहित एक किशोर पक्राउ

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ नगवा फुलवारी टोलबाट गाँजा जस्तो देखिने लागुऔषधसहित एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चैत २९ गते साँझ करिब ४:१० बजे उक्त स्थानमा साना साना पोका बनाएर युवाहरुलाई लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले छापा मारेको थियो।

Advertisement

प्रहरीले शेष मुखियाको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा घरभित्र कालो प्लास्टिकमा साना पोका बनाएर राखिएको अवस्थामा गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद गरिएको पदार्थको तौल प्लास्टिक बाहेक १४ किलो २२६ ग्राम रहेको छ।

Advertisement

उक्त घटनामा संलग्न करिब १५/१६ वर्षका एक किशोरलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *